काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । प्रिसेसनमा २.६९ अंकले बढ्दै नेप्से २६२९.८३ को बिन्दुमा उक्लिएको छ ।
सूचक बढ्दै गर्दा प्रिसेसनमा कारोबार रकम पनि बढेको छ । ७ हजार २४४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५२ लाख ३५ हजार ९३१ रुपैयाँको भयो ।
प्रिसेसनमा विशेषगरी हाइड्रो र लघुवित्त क्षेत्रका कम्पनीको किनबेच भयो ।
कारोबारमा आएका ४४ कम्पनीमध्ये २४ को मूल्य बढ्यो भने १३को मूल्य घट्यो । ७६ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
दसैंअघि र पछि बढेको नेप्से अघिल्लो कारोबार साता करिब ठूलो अंकले घटेको थियो । सातामा एक कारोबार दिनबाहेक सबै दिन नेप्से उच्च अंकले घटेको थियो ।
जसको प्रभाव लगानीकर्तामा केही निराशा देखिएको छ । राजनीतिक उतारचढावकाे प्रभावले नेप्से प्रभावित बनेकाे थियाे । यद्दपि, आजकाे काराेबारदेखि नेप्सेले लय लिने आशा लगानीकर्ताले गरेका छन् ।