करेलाको नाम सुनेपछि धेरैको नाक खुम्चिन थाल्छ किनभने यसको स्वाद निकै तितो हुने भएकाले सबैले यसलाई खान सक्दैनन् । स्वादलाई बेवास्ता गर्दै खाएमा, यो एक धेरै पौष्टिक तरकारी हाे, जुन यसको औषधीय गुणहरूको लागि प्रसिद्ध छ।
करेला खाएमा धेरै स्वास्थ्य समस्याहरू समाधान वा रोकथाम गर्न सकिन्छ। तर, पोषण विशेषज्ञ यदि तपाईंले यसलाई अत्यधिक मात्रामा खानुभयो भने यसले प्रतिकूल असर पर्ने बताउँछन् । साथै, कतिपय स्वास्थ्य समस्या भएका व्यक्तिले पनि करेला खान नहुने विज्ञहरूकाे भनाइ छ ।
जानीराखौं करौलाको अत्याधिक सेवन गर्दा के-कस्ता बेफाइदा हुन्छ।
करेला कसले नखाने ?
1. टाइप-1 मधुमेह रोगी
टाइप 1 मधुमेहबाट पीडित व्यक्तिहरूले करेलाको तरकारी वा करेलाको जुस पिउनु राम्रो होइन, किनभने यसले अचानक रगतमा चिनीको मात्रा (लो ब्लड सुगर लेभल) कम गर्न सक्छ जसले कमजोरी निम्त्याउँछ र चक्कर लाग्ने अवस्था हुन सक्छ ।
2. गर्भवती महिलाहरु
गर्भवती महिलाहरूले पनि करेलाको सेवन गर्नु हुँदैन, किनभने यसले पाठेघरलाई असर गर्छ र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
3. मृगौला रोगीहरू
करेलामा अक्सालेट प्रचुर मात्रामा पाइन्छ, त्यसैले यसको सेवन गर्ने मानिसलाई मिर्गौलाको पत्थरीको समस्या हुन सक्छ । साथै करेलाका कारण मृगौलामा विषाक्तता बढ्छ ।
करेलाको तीतोपन कसरी कम गर्ने ?
करेलामा रहेको तितोपन कम होस् र यसले धेरै नोक्सान नहोस् भन्ने चाहनुहुन्छ भने त्यसलाई राम्ररी पकाउनुपर्छ । सबैभन्दा पहिले करेलालाई राम्ररी धुनुहोस् र यसको बीउ निकाल्नुहोस्, किनभने बीउ धेरै तितो हुन्छ। यदि तपाइँ चाहानुहुन्छ भने, तपाइँ करेला करी बनाउन थप प्याज प्रयोग गर्न सक्नुहुन्छ। एजेन्सीबाट