‘भ्रष्टाचारमा कांग्रेस-एमालेका नेतामाथि प्रश्न उठे अनुसन्धान हुन्छ’-Sutra News

‘भ्रष्टाचारमा कांग्रेस-एमालेका नेतामाथि प्रश्न उठे अनुसन्धान हुन्छ’

आइतबार, ११ कार्तिक २०८१

आइतबार, ११ कार्तिक २०८१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न सबैलाई कानून र विधिसम्मत ढंगले कारबाही हुने बताएका छन् ।



काठमाडौँ ३१ नम्वरको वडा कमिटीलाई सम्बोधन गर्दै उनले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गर्नु पर्छ भन्नेमा एमाले दृढ रहेको दाबी गरेका थिए ।

उनले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिस भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताएका थिए ।

सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट