काठमाडौँ । नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा साविक विजेता बंगलादेश फाइलनमा पुगेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा भुटानलाई ७-१ गोलले हराउँदै बंगलादेश फाइनल पुगेको हो ।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । सबिना खातुनले दुई गोल गरिन् । खेलको ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले अग्रता लिएको थियो ।
बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।