काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो ।
नेपालले दिएको २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको हो । अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक १०४ रनको योगदान दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन् ।
त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।
नेपालका कुशल भुर्तेलले चार विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रन बनाएको योगफल बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए । त्यस्तै ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए ।
त्यसैगरी आरिफ शेख ३७, कुशल भुर्तेल ११, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए । अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १–१ विकेट लिए । नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अंकविहीन हुँदै ३ अंकका साथ सातौँ स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ ।