यदि तपाइँको शरीर स्वस्थ छ र तपाइँ सीमित मात्रामा दही खाँदै हुनुहुन्छ भने यसको कुनै साइड इफेक्ट हुँदैन तर यदि तपाइँ राती दही खानुहुन्छ र यसको कारण कफ बनिरहेको छ भने डाक्टरले यसलाई नखान भन्न सक्छन् ।
वास्तवमै दैनिक दही खाँदा शरीरमा कस्तो असर पर्छ ? जान्नैपर्ने हुन्छ ।
दही धेरै भिटामिन र खनिजहरूले भरिपूर्ण स्वस्थ खाना हो। धेरैले यसलाई धेरै उत्साहका साथ खान्छन्। दही खाँदा शरीरका लागि आवश्यक धेरै पोषक तत्वहरू पूरा गर्न सकिन्छ । तर, हरेक दिन दही खानु उचित छ त ?
शरीरका कोशिकाहरूलाई बढ्नको लागि एमिनो एसिड चाहिन्छ, जुन प्रोटीनबाट प्राप्त हुन्छ। मांसपेशी, छाला, कपाल, नङ सबै प्रोटिनले बनेको हुन्छ। यस्तो अवस्थामा शरीरमा हरेक दिन प्रोटिन पु र्याउने हो भने दही सबैभन्दा राम्रो माध्यम हो । यूएसएडका अनुसार १०० ग्राम दही खाँदा ११.१ ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ।
आन्द्रामा धेरै ब्याक्टेरिया हुन्छन्, जसले पाचन र पोषणमा मद्दत गर्छ। दही तिनीहरूको संख्या कायम राख्न मद्दत गर्दछ। यो खाँदा कब्जियत, पेट फुल्ने, ग्यास, पेटमा तातो हुने जस्ता समस्या निको हुन्छ ।
क्याल्सियम हाम्रो शरीरको हड्डीको लागि धेरै महत्त्वपूर्ण छ। यसको कमीले हड्डी साना र कमजोर हुन्छ। यस्तो अवस्थामा दही खाँदा क्याल्सियमको पूर्ति हुन्छ । दहीमा राम्रो मात्रामा क्याल्सियम पाइन्छ ।
भिटामिन बि १२ शरीरमा स्नायु, मस्तिष्क र रगतको लागि आवश्यक छ। यो भिटामिन धेरै कम खानामा पाइन्छ। यसको कमी आजभोलि मानिसमा झनै देखिन थालेको छ । दही दूधबाट बन्ने भएकाले यसबाट थोरै मात्रामा भिटामिन बी १२ प्राप्त हुन्छ ।
धेरै थकान र कमजोरी महसुस भएमा दही खानुपर्छ । यसको सेवनले ऊर्जा र ताजगी प्राप्त हुन्छ र थकान हटाउँछ। दिनहुँ सीमित मात्रामा दही खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । एजेन्सीबाट