प्रधानमन्त्री र गृहमन्त्री राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा जाने-Sutra News

प्रधानमन्त्री र गृहमन्त्री राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा जाने

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१
फाइल तस्बिर

काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बाेलाइएकाे छ। बैठक मध्याह्न सवा १२ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने संसद सचिवालयले जनाएको छ।



बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशाेधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ।

यसअघि विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए ।

बैठकमा प्रधामन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट