नाबालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी जवानले गरे आत्महत्या-Sutra News

नाबालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी जवानले गरे आत्महत्या

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा रेवन पचभैया मगर मृत भेटिएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार आफैले लगाएको कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो । शौचालयको धाराa खोलेर पानी भरेको जस्तो गरी आत्महत्या गरेकाले बाहिर बसेका व्यक्तिले केही थाहा नपाएको प्रहरीले जनाएको छ ।

दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए । गत असोज २४ गते पिङ खेल्न गएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट