हत्या गरी फरार अभियुक्त चार वर्षपछि पक्राउ-Sutra News

हत्या गरी फरार अभियुक्त चार वर्षपछि पक्राउ

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौँ । हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका ८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।



विं.सं. २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आइतबार पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताए ।

गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले बताए ।

हत्यामा संलग्न तामाङविरुद्ध कर्तव्य ज्यान तथा आपराधिक उपद्रव र मोक्तानविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट