राजनीतिक स्थिरता कायम गर्न यो सरकार बनेको हो- उपप्रधानमन्त्री सिंह-Sutra News

राजनीतिक स्थिरता कायम गर्न यो सरकार बनेको हो- उपप्रधानमन्त्री सिंह

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको दाबी गरेका छन् ।



नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए ।

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो । उनले भने, “विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।”

फरक प्रसङ्गमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । “पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ, पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,” उनले भने ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढंगबाट अगाडि बढाउन कांग्रेस सक्षम रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट