काठमाडौँ । ट्युनिसियाली समुद्री रक्षकले पूर्वी तटीय प्रान्त महदियामा १५ जना आप्रवासीको शव फेला पारेका छन् ।
यीमध्ये आठ शव सलाक्तामा, छ वटा चेब्बामा र एउटा मेलौलेकको तटमा फेला परेको महदिया र मोनास्टिर अदालतका प्रवक्ता फरीद बेन झाले बताए । मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।
कुहिएको अवस्थामा फेला परेका यी शवलाई पहिचानका लागि आवश्यक प्रक्रियाका लागि अस्पताल लगिएको उनको भनाइ थियो ।
भूमध्य सागरमा अवस्थित ट्युनिसिया युरोपमा अवैध आप्रवासनका लागि सबैभन्दा लोकप्रिय ट्रान्जिट पोइन्टमध्ये एक हो ।