आज तपाईं दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईं दिन कति शुभ, राशिफलमा के छ ?

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक १३ गते मंगलबार । सन् २०२४ अक्टोबर २९ तारिख । नेपाल सम्बत ११४४ कौलागा, कार्तिक कृष्ण द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुन नसक्ने त होइन, तर विगतका समस्या बल्झिन सक्ने समय छ । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुने योग रहेकोले अत्यन्त सचेतनाका साथ कर्म गर्नु उचित हुनेछ । नजिकका मित्रको सहयोग रहनेछ ।

बृष

पराक्रम र आरोग्यता बढ्ने छ । शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, ध्यान राख्नुहोला । संघर्षबाट अधिकार स्थापित गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्ने छ ।

मिथुन

दिन केही चुनौतीयुक्त रहला । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नु पर्ने देखिन्छ । तथापि, समाजको हितमा राम्रै काम गर्न सकिएला । सामाजिक क्षेत्रमा कुनै महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट

शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने समय छ । इर्ष्यालुजनले काममा बाधा सिर्जना गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । स्वास्थ्य सबल रहला । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आर्थिक पक्ष पनि सबल बन्नेछ भने प्रेमको बन्धन पनि कसिने समय छ । आजको दिन सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनुपर्ला । आश्वासन दिनेहरूको भर नपर्नु हितकर हुनेछ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ, ध्यान राख्नुहोला । रसरागको कार्यक्रममा आकर्षण बढ्ने छ ।

कन्या

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न चाहिँ केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । कार्यगति र आयबल बढ्ने छ ।

तुला

सामर्थ्य वा कर्मबल वृद्धि हुनेछ, तर बाध्यताका काममा जुट्नु पर्ने समय छ । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ, ध्यान राख्नु होला । पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ । आजको दिन पति वा पत्नीका माध्यमबाट कर्ममा सहयोग पुग्नेछ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रागत काम गर्नुछ भने आज थाती राख्नु उचित हुनेछ ।

बृश्चिक

केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने छ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आजको दिन खर्च घटाउन विशेष प्रयत्न गर्नु उचित होला ।

धनु

ब्यस्तता बढे पनि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । तर, प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । आश्वासन दिएर झुक्याउनेले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्ने योग छ ।

मकर

आम्दानी बढ्नेछ भने प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद रहला । आजको दिन स्वास्थ्यस्थिति भने केही कमजोर रहेको अनुभूति हुन सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ, तर व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

काम बिग्रने भयले सताएपनि प्रयत्न गरेका काम सफल हुनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित परिणाम भने अझै मिल्न नसकेको अनुभूति होला । न्यून उपलब्धिमा पनि चित्त बुझाउने प्रयत्न गर्नु हितकर हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । आरोग्यता रहनेछ ।

मीन

आजको दिन गलत व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । सरकारी कडिकडाउको सिकार भइने योग छ । अधिकार सुरक्षा गर्न विशेष मिहिनेत लगाउनु पर्ला । शोख पूरा गर्नमा खर्च हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट