काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) बढेको छ । प्रिसेसनमा ३ अंकले बढ्दै नेप्से २६४८.३६ को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा सूचकसँगै कारोबार रकम पनि बढेको छ । ३ हजार ४९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २८ लाख ५१ हजार ३३३ रुपैयाँको भयो ।
प्रिसेसनमा समृद्धि फाइनान्स, जानकी फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।
यो सेसनमा विशेषगरी जलविद्युत र फाइनान्स क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ ।
प्रिसेसनमा ३८ कम्पनीको सेयर किनबेच भयो । जसमा २० कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
यसअघि सोमबार नेप्से २७.४१ अंकले बढ्दै २६४६.३६ को बिन्दुमा उक्लिएको थियो । सोमबार सूचकसँगै कारोबार रकम पनि बढेको थियो । सोमबारको बृद्धिलाई बजारका जानकारले ‘बाउन्स ब्याक’को रुपमा अथ्र्याएका थिए ।