तिहारको पहिलो दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड-Sutra News

तिहारको पहिलो दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं । तिहारको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिनको तुलनामा प्रतितोला १५ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।



महासंघका अनुसार मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।

यसअघि आइतबार प्रतितोला एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार भने चार सय रुपैयाँले घट्दै एक लाख ६७ हजार कायम भएको थियो ।

सुनको मूल्यमा उच्च बृद्धि हुँदै गर्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा प्रतितोला ४० रुपैयाँले बढ्दै मंगलबार प्रतितोला दुई हजार एक सय पाँच रुपैयाँ पुगेको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २७५३.८३ डलर छ । अघिल्लो दिनको तुलनामा अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य १०.९५ डलरले बृद्धि भएको छ ।

अमेरिकामा राष्ट्रपतिय चुनाव नजिकिँदै गर्दा, मध्यपूर्वी देशमा द्वन्द्व बढ्दै गर्दा विश्वव्यापीरुपमै सुनको भाउ महँगिएको छ । जसको प्रभावस्वरुप स्थानीय बजारमा पनि मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट