भारतीय मन्दिरमा पटाका विस्फोट हुँदा १५० जना घाइते-Sutra News

भारतीय मन्दिरमा पटाका विस्फोट हुँदा १५० जना घाइते

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौँ । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका छन् । आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मंगलबार बताएको छ ।



भिडियोमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए । भिडियोमा त्यसपछि एउटा भवनभित्र चर्को आवाज सुनिन्छ । यसै क्रममा एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ ।

“करिब आठ जनाको अवस्था गम्भीर छ, करिब १५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्”, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भनिन्, “उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।”

भारतीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसको अनुहार र हातमा जलन भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट