काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । इन्स्योरेन्स कम्पनीले सोमबार एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेको हो ।
शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै कम्पनीका केही विभाग प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरलगायतको उपस्थित रहेको थियो ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।