यी हुन् नेप्से बढ्दा उच्च अंकले मूल्य बढेका कम्पनी-Sutra News

यी हुन् नेप्से बढ्दा उच्च अंकले मूल्य बढेका कम्पनी

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं । सोमबार २७.४१ अंकले बढेको नेप्से मंगलबार ४६.७९ अंकले बढ्यो । लगातार सूचकमा बृद्धि हुँदै गर्दा कारोबार रकम पनि उत्साहजनकरुपमै बढ्यो । मंगलबार केही कारोबार दिनयताकै उच्च कारोबार ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको भयो ।



सूचक र कारोबार बढ्दै गर्दा मंगलबार अधिकांश कम्पनीको पनि मूल्य बढ्यो । कारोबारमा आएका २४३ मध्ये २२१ कम्पनीको मूल्यमा बृद्धि भयो ।

जसमध्ये तीन कम्पनीको मूल्यमा १० प्रतिशतले बृद्धि भयो भने दुई कम्पनीको मूल्यमा ९ प्रतिशतले बढीले बृद्धि भयो । यसैगरी, एक कम्पनीको मूल्यमा ७ प्रतिशतले बृद्धि हुँदा तीन कम्पनीको मूल्यमा ६ प्रतिशत बृद्धि भयो ।

सप्तकोशी विकास बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली भुकारी स्माल हाइड्रोको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९।९८ प्रतिशतले बृद्धि भयो ।

यसैगरी माउन्टेन इनर्जीको मूल्यमा ७.३४ प्रतिशतले मूल्य बृद्धि हुँदा खानी खोला हाइड्रोको मूल्यमा ६.७४ प्रतिशतले बृद्धि भयो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा ६.५८ प्रतिशतले बृद्धि हुँदा ग्रीन डेभलपमेन्टको मूल्यमा ६.०२ प्रतिशतले बृद्धि भयो । यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेनस लिमिटेडको मूल्यमा ५.९९ प्रतिशतले बृद्धि भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट