नेपाल र बंगलादेशको खेल हेर्नका लागि टिकट किन्न आफै जानु पर्ने-Sutra News

नेपाल र बंगलादेशको खेल हेर्नका लागि टिकट किन्न आफै जानु पर्ने

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौँ । नेपाल र बंगलादेशबीच हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अनलाइनबाट किन्न नपाइने भएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा उपस्थित भएर मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।



खेल हेर्नका लागि जम्मा ११ हजार टिकट मात्र टिकट बिक्री गर्ने तयारी गरिएको छ । जसमा साधारणतर्फ १० हजार र भीआईपीमा एक हजार टिकट हुनेछ ।

प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । यसअघि अनलाइन टिकट खरिद गरेकाको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ । टिकटको मूल्य पाँच सय र एक हजार कायम गरिएको छ । यो खेलमा मात्रै एन्फाको ६० लाख रुपैयाँ संकलन हुने भएको छ ।

एन्फाले एक जना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा पाँच वटा र भीआईपीतर्फ दुई वटा मात्रै किन्न पाउने छन् । खेल हेर्ने दर्शक साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्नु पर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट