आचार्य चाणक्य एक महान् अर्थशास्त्री र रणनीतिकार थिए। उनले राष्ट्र, समाज, सेना र परिवारलाई नजिकबाट अध्ययन गरे र त्यसपछि आफ्नो अनुभवको आधारमा अर्थशास्त्र र चाणक्य नीति जस्ता महत्त्वपूर्ण पुस्तकहरू लेखे।
उनले महिलाका ती ५ गुणका बारेमा भनेका छन्, जुन हरेक पतिले आफ्नी श्रीमतीमा चाहन्छन् । साथै, तीनै गुणका आधारमा पनि पत्नि पतिलाई बसमा राख्ने गर्दछन् ।
निष्ठा र शुद्धता
आचार्य चाणक्यका अनुसार महिला आफ्नो पतिप्रति वफादार र इमानदार हुनुपर्छ । उनको बलियो नैतिक चरित्रले परिवारको जगलाई बल प्रदान गर्दछ। यसले भविष्यका बच्चाहरूलाई पनि असर गर्छ र तिनीहरू पनि नैतिक चरित्रले बलबान हुन्छन् । साथै, निष्ठा र शुद्धता भएकी पत्निकाे अगाडि पति जीवनभर सेवक बन्दछ ।
बौद्धिकता
पुरूषकाे तुलनामा महिला आदर्शवान र बुद्धिमान हुनुपर्छ। विपत्तिसँग डराउनुको सट्टा तत्काल उपयुक्त निर्णय लिने साहस हुनुपर्छ। यस्ता महिलाले सम्बन्ध त राम्राे बनाउँछन् नै परिवार पनि बलियाे बनाइराख्छन् । स्वभावतः प्राकृतिकरूपमै पुरूषकाे तुलनामा महिला धेरै धेर्य हुने र सही समयमा निर्णय लिने खालका हुने चाणक्यकाे भनाइ छ ।
नैतिकता
आचार्य चाणक्य भन्छन् कि असल पत्नीले आफ्नो नैतिक मूल्यलाई उच्च राख्नुपर्छ। झूट, छल, लोभ, लुकाउने जस्ता अप्रिय कुराहरूबाट टाढा रहनुपर्छ। आफ्नो काममा इमानदारी र धर्मप्रति समर्पण उनको महत्वपूर्ण गुण हुनुपर्छ। जसले परिवारमा सधैँ खुसीयाली ल्याइराख्छ ।
बोलीको मिठास
चाणक्यका अनुसार पतिसँग माया र सम्मानका साथ कुरा गर्ने श्रीमतीले पतिलाई खुशी र सन्तुष्ट राख्छिन् । यस्तो महिलाले आफ्नो पतिको साथसाथै परिवारमा पनि सबैको इज्जत राख्छिन् र इज्जत पाउँछिन् । सँगै उनले त्याे परिवारकाे पनि नेतृत्व लिने अवस्था बन्ने चाणक्य बताउँछन् ।
घरपरिवार चलाउन माहिर
चाणक्य नीतिका अनुसार पत्नी घर चलाउनमा निपुण हुनुपर्छ । उनले घरको बजेट तयार गर्नुपर्छ। प्रशासन, वित्त र निर्णय प्रक्रियामा दक्ष महिलाहरूलाई कुनै पनि परिवारको महत्त्वपूर्ण सम्पत्ति मानिन्छ। यति त्यस्ताे महिला घरमा भएमा त्याे घर कहिल्यै अभाव र समस्यामा हुँदैन । घरकाे मुख्य गृहस्थी महिलाकाे जिम्मेवारीमा नरहेकाे घरमा समस्या हुने चाणक्यकाे बुझाइ छ । एजेन्सीबाट