काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । बुधबार १.७५ अंकले बढ्दै नेप्से २६९३.८१ को बिन्दुमा उक्लिएको छ ।
झिनो अंकले सूचक बढेपनि नेप्सेमा कारोबार रकम भने उत्साजनकरुपमा बढ्यो । प्रिसेसनमा १२ हजार ९२७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६३ लाख १९ हजार रुपैयाँको भयो ।
सूचक र कारोबार रकम बढेपनि यो सेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य भने घट्यो । कारोबारमा आएका ३१ कम्पनीमध्ये २६ को मूल्य घट्यो भने २० को मात्रै मूल्य बढ्यो । पाँच कम्पनीको भने मूल्य स्थिर रह्यो ।
यसअघि मंगलबार नेप्से ४६.६९ अंकले बढ्दै २६९२.०५ को बिन्दुमा उक्लिएको थियो । सँगै कारोबार रकम पनि ६ अर्बमाथि पुगेको थियो ।
जसको प्रभाव आजको कारोबार दिन पर्ने देखिन्छ । यद्यपि, तिहारअघिको अन्तिम दिन भएको कारण नेप्सेमा बिक्री चाप पर्ने सम्भावना बढी छ । बिहीबारदेखि तिहार अवधिसम्मका लागि कारोबार बन्द हुँदैछ ।