नबिल बैंकद्वारा लाभांश घोषणा, कस्तो छ लाभांश वितरणको इतिहास ?-Sutra News

नबिल बैंकद्वारा लाभांश घोषणा, कस्तो छ लाभांश वितरणको इतिहास ?

बुधबार, १४ कार्तिक २०८१

बुधबार, १४ कार्तिक २०८१

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीहरुका लागि १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।



बैंकले यसपटक नगद लाभांशको मात्रै प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयर धनीहरुका लागि वितरण हुनेछ ।

बैंकले यसपटकका लागि प्रस्ताव गरेको लाभांश बैंककै इतिहासमा सबैभन्दा कम हो । बैंकले १० वर्षमा वितरण गरेको लाभांशलाई हेर्दा, यसपटकको प्रस्ताव निकै न्यून छ ।

कुन वर्षमा कति ?

आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट बैंकले ६५ लाभांश दिएको थियो । सो वर्ष बैंकले २० प्रतिशत सेयर बोनस र ४५ प्रतिशत नगद दिएको थियो ।

त्यसयता आर्थिक वर्ष २०७१/०७२ को नाफाबाट बैंकले ३६.८४ प्रतिशत लाभांश दिएको थियो । सो समय बैंकले ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद दिएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट बैंकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट बैंकले ४० प्रतिशत लाभांश दिएको थियो । जसमा ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश थियो ।

यसैगरी, आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बैंकले ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद थियो ।

आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट बैंकले अघिल्लो आर्थिक वर्षकै तुलनामा लाभांश दिएको थियो । सो वर्ष पनि बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद दिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । जसमा १.७६ नगद र ३३.५ प्रतिशत सेयर बोनस थियो ।

यसैगरी, आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बैंकले ३८ प्रतिशत लाभांश दिएको थियो । जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद थियो ।

आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट बैंकले ३० प्रतिशत लाभांश दिएको थियो । जसमा १८.५ प्रतिशत बोनस र ११.५० प्रतिशत नगद थियो ।

यसैगरी, बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ११ प्रतिशत लाभांश दिएको थियो । जसमा नगद मात्रै थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट