ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, अब यूएईबाट सजिलै पैसा पठाउन सकिने-Sutra News

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, अब यूएईबाट सजिलै पैसा पठाउन सकिने

बुधबार, १४ कार्तिक २०८१

बुधबार, १४ कार्तिक २०८१

काठमाडाैं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडइबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिट्यान्स सम्झौता भएको छ ।



सम्झौताअनुसार देश बाहिर रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिट्यान्स पठाउन सक्नेछन् । युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

यूएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत पठाएको पैसा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालय वा नेपालभर रहेको आइएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड-२०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स-२०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट