उपाधि रक्षा गर्न नेपालसँग बंगलादेश भिड्दै, प्रधानमन्त्री पनि रंगशाला जाने-Sutra News

उपाधि रक्षा गर्न नेपालसँग बंगलादेश भिड्दै, प्रधानमन्त्री पनि रंगशाला जाने

बुधबार, १४ कार्तिक २०८१

बुधबार, १४ कार्तिक २०८१

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।



दशरथ रंगशालामा साँझ साढे ६ बजे फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत जाने भएका छन् । उपाधि विजेतालाई उनले पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

अपराजित यात्रामा रहेको नेपालले भारतलाई पेनाल्टीमा ४-२ ले हराएको थियो । बंगलादेशले भुटानलाई ७-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक च्याम्पियनसिपको उपाधि जित्ने मनोबलका साथ मैदानमा उत्रिने भएको छ । यसअघि नेपाल पाँच पटक फाइनलमा पुगेको थियो ।

जसमा नेपाल भारतसँग चार पटक र बंगलादेशसँग एक पटक पराजित हुँदै उपाधि गुमाएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट