काठमाडौँ । साफ महिला च्याम्पियनसिपको आज हुने फाइनल खेलको काठमाडौँ महानगरले तीन ठाउँमा लाइभ देखाउने भएको छ ।
नेपाल र बंगलादेशबीच हुने खेलको टुँडिखेल, चाबहिल गणेशस्थान र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी जनाएको हो । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनल प्रवेश गरेको थियो ।