लगातार दुई कारोबार दिनको बृद्धिपछि घट्यो नेप्से-Sutra News

लगातार दुई कारोबार दिनको बृद्धिपछि घट्यो नेप्से

बुधबार, १४ कार्तिक २०८१

बुधबार, १४ कार्तिक २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई कारोबार दिनको बृद्धिपछि बुधबार नेप्से १४.४३ अंकले घट्दै २६७७.६२ को बिन्दुमा ओर्लिएको हो ।



सूचकसँगै यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । एक करोड २० लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको भयो ।

यस दिन होटल तथा पर्यटन, निर्जीवन बिमा र व्यापार समूह बाहेकमा गिरावट आयो । कारोबारमा आएका २४४ कम्पनीमध्ये ७५ को मूल्य बढ्यो भने १६४ को मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

नेप्से घटेपनि ६ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो । गुराँस लघुवित्त, मिड सोलु हाइड्रो, उपर साङ्गी, कुथेली भुकारी स्माल हाइड्रो, सानिमा जिआइसी इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको मूल्य सकारात्मक सर्किट लेबलमा बढेको हो ।

आज कारोबार रकमका आधारमा सिइडिबी हाइड्रो, सानिमा जिआइसी हाइड्रो, सोल्टी होटल, नेपाल फाइनान्स, स्टार्डड चाटर्ड बैंकलगायत शीर्ष स्थानमा रहे । सिइडिबी हाइड्रोको मात्रै ३४ करोड १७ लाख रुपैयाँको कारोबार भयो ।

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । जसको निम्ति बिहीबारदेखि सार्वजनिक बिदा हुँदैछ । चाडपर्व प्रभावका बिच बुधबार नेप्से घटेको देखिन्छ । बजारका जानकारले बुधबारको गिरावटलाई पर्वको सामान्य प्रभावको रुपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट