पश्चिमी मेक्सिकोमा गोली हानी पत्रकारको हत्या-Sutra News

पश्चिमी मेक्सिकोमा गोली हानी पत्रकारको हत्या

बुधबार, १४ कार्तिक २०८१

बुधबार, १४ कार्तिक २०८१

काठमाडौँ । पश्चिमी मेक्सिकोमा मंगलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ ।



स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्ने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो ।

आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ । क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उनको हत्यामा शोक व्यक्त गरेको छ ।

‘मौरिसियो एक सहकर्मीभन्दा माथि हुनुहुन्थ्यो, प्रेरणाको स्रोत हुनु हुन्थ्यो”, रेडियोले जनाएको छ । लागु औषध तस्करीसँग सम्बन्धित हिंसाले ग्रस्त मेक्सिको पत्रकारका लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक हो ।

सन् १९९४ देखि मेक्सिकोमा १५० भन्दा बढी पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट