काठमाडौँ । दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्नका लागि नेपाली टोलीका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक भएको छ ।
फाइनल खेलका लागि बंगलादेशविरुद्ध सुरुवाती ११ खेलाडी सार्वजनिक गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको नाम सार्वजनिक गरेको हो ।
जसमा एन्जिला तुम्बापो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिति राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् ।