काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप फुटबलमाको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै देशले पहिलो हाफमा गोल रोक्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मैदानमा पुगेका छन् ।