काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशको हातमा पुगेको छ । योसँगै नेपाल फेरि उपविजेतामा सिमित बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ५२ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्का र ८१ औँ मिनेटमा ऋतु पुर्ण चक्काले गोल गरे । नेपालका लागि प्रिती राईको पासमा अमिशा कार्कीले ५६ औ मिनेटमा गोल फर्काएकी थिइन् ।