प्रहरी तालिम केन्द्रमा मनाइयो कुकुर तिहार-Sutra News

प्रहरी तालिम केन्द्रमा मनाइयो कुकुर तिहार

बिहिबार, १५ कार्तिक २०८१

बिहिबार, १५ कार्तिक २०८१

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहारमा कुकुरको पूजा गरी मनाइएको छ ।



हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ ।

यसैबीच, कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ ।

प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रकी निर्देशक डीआईजी देउती गुरुङले अरु दिन नियमित काम र अभ्यास गर्ने कुकुर तिहारको एक दिन विशेष पूजा गरिने बताइन् । उनले प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पालेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट