काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रकेर्ड बनाइरहेकाे छ । बुधबार एकै दिन २ हजार २ सय रुपैयाँले बढ्दै प्रतिताेला एक लाख ७० हजार सात सय रूपैयाँ पुगेकाे सुनकाे मूल्य बिहीबार थप तीन सय रूपैयाँले बढ्दै मूल्य नयाँ बिन्दुमा पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनकाे मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेर एक लाख ७१ हजार रूपैयाँ पुगेकाे छ ।
जुन हालसम्मकै उच्च मूल्य हाे ।
सुनकाे मूल्यले रेकर्ड बनाइरहँदा बिहीबार चाँदीको मूल्य भने सामान्य घटेको छ। बुधबारकाे तुलनामा प्रतिताेला ३० रूपैयाँले घट्दै बिहीबार चाँदी प्रतितोला दुई हजार ९० रूपैयाँमा झरेकाे छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार एक सय २० रूपैयाँमा काराेबार भएकाे थियाे ।
अन्तराष्ट्रिय बजारमा भने बिहीबार सुनकाे मूल्य प्रतिऔंस दुई हजार सात सय ८३ डलरमा कारोबार भइरहेकाे छ ।