रूसले बढायाे आक्रमण, युक्रेनकाे उत्तरपूर्वी शहर खार्किभ फेरि संकटमा-Sutra News

रूसले बढायाे आक्रमण, युक्रेनकाे उत्तरपूर्वी शहर खार्किभ फेरि संकटमा

बिहिबार, १५ कार्तिक २०८१

बिहिबार, १५ कार्तिक २०८१

काठमाडाैं । रूसले युक्रेनमाथि फेरि आक्रमण बढाएकाे छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार बुधबार उत्तरपूर्वी शहर खार्किभ केन्द्रित गरी रूसले पछिल्लाे केही समययताकै शक्तिशाली आक्रमण गरेकाे छ । जुन घटनामा ठूलाे जनधनकाे क्षति भएकाे सञ्चार माध्यमले जनाएका छन् ।



जुनका घटनामा दुई जनाको मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन् । जसमा केही मानिस हराइरहेकाे जनाइएकाे छ ।

गभर्नर ओलेग सिनेगोबोभले पछिल्लो आक्रमणमा एक बालक र एक वयस्कको मृत्यु भएको पुष्टि गर्दै केही मानिसरू अझै ‘भग्नावशेषमुनि फसेको हुन सक्ने’ बताए ।

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ । यो साढे दुई वर्षको युद्धमा रूसी आक्रमणले ध्वस्त भएको छ ।

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार साँझ आफ्ना पश्चिमी सहयोगीहरूलाई हमलाको प्रतिक्रियामा कार्य गर्न आह्वान गरे । उनले टेलिग्राममार्फत प्रतिक्रियात्मक कार्य गर्न ढिलाइ भएमा युक्रेनविरुद्ध सयौँ रूसी हमलाले युक्रेनी जनताको जीवन सङ्कटमा पर्ने बताए ।

जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई प्रभावकारी र राम्रो सुरक्षाका साथै लामो दूरीका हतियारहरू उपलब्ध गराउन आग्रह गरे । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट