रविको बयान सकियो, तिहारपछि मात्रै अदालतमा उपस्थित गराइने-Sutra News

रविको बयान सकियो, तिहारपछि मात्रै अदालतमा उपस्थित गराइने

बिहिबार, १५ कार्तिक २०८१

बिहिबार, १५ कार्तिक २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । बुधकार बेलुका लामिछानेकाे बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।

बयान सकिएपनि तिहार बिदाकाे कारण बाँकी प्रकिया तत्कालका लागि राेकिएकाे छ । लामिछानेलाई तिहार बिदापछि कात्तिक २० गते अदालत उपस्थित गराएर म्याद थप गरिने जनाएकाे छ ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक जिल्ला अदालत कास्कीले ६ दिन समय दिएको थियो। पहिलो पटक दिएको समयमा बयान पूरा नभएको भन्दै दोस्रो पटक ७ दिन समय थपिएको थियो।

दोस्रो पटक थपिएको समय सकिएपनि तिहार बिदा भएकाले कार्यालय खुल्ने दिन कात्तिक २० गते मात्रै म्याद थप्ने वा के गर्ने निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट