आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शुक्रबार, १६ कार्तिक २०८१

शुक्रबार, १६ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक १६ गते शुक्रबार । सन् २०२४ नोभेम्बर १ तारिख । नेपाल सम्बत ११४४ कौलागा कार्तिक कृष्ण औँसी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

मिश्रित फलदायी दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् तर बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य खासै नपाइएला । व्यापारमा हुनेका लागि लाभदायी बेला छ । विभिन्न भौतिक साधनहरू जुट्ने छन् र प्रसन्नता पनि मिल्नेछ । मेहनतले कीर्ति दिलाउने छ । आफन्तसँग असमझदारी बढ्न सक्ने योग भएकाले सावधानीपूर्वक व्यवहार गर्नु होला ।

बृष

दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । कुनै विशेष प्रकारको नयाँ योजनामा कदम बढाउँदै हुनु हुन्छ भने केही समय पर्खहुनु उचित हुनेछ । आजको दिन रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग पनि छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । प्रेमभाव र उत्साह बढ्ने दिन छ ।

मिथुन

व्यस्तता वृद्धि हुने तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । सामाजिक दायित्व बढ्नेछ भने बौद्धिक कार्यबाट धनलाभ हुनेछ । तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । अध्ययन कार्यमा प्रगति होला । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्ने छ ।

कर्कट

प्रतिष्ठित काम गर्ने अवसर जुर्नुका साथै अरूलाई प्रभावित पारेर इनाम र प्रतिष्ठा कमाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्ने देखिन्छ । व्यापारमा राम्रै उन्नति होला । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सबै कुराका सहयोगीहरूको भर पर्नुचाहिँ उचित नहोला । स्वास्थ्यप्रति विशेष सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद तथा भ्रमण कार्यमा रुचि बढ्ने छ ।

सिंह

आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । विशेष योजनामा सोचेअनुसारको लाभ प्राप्त हुने समय छ । तर, अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । स्वास्थ्यमा केही कमजोरीको अनुभूति होला । मुख्य काममा बाधा हुने योग रहेकोले सोचसमझका साथ कार्य गर्ने यत्न गर्नु उचित हुनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ला ।

कन्या

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ, तर परिस्थितिले अप्ठ्यारो मोडमा खडा गर्न पनि सक्ने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजन पनि टाढिन सक्छन् । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । आत्मविश्वासका साथ प्रयत्न गर्दा अवसरको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । कार्यगति बढ्नेछ ।

तुला

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आम्दानी बढ्ने र कतै आतिथ्यपूर्ण सम्मान पाइने सम्भावना छ । प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । व्यपारिक बढोत्तरीको योजनामा सफलता प्राप्त होला

बृश्चिक

समय शुभदायी छ । तपाईंको कामले अरूको मन लोभ्याउनेछ, साथै दाम, इनाम र प्रतिष्ठा आर्जन होला । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्रा सम्भावना छ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

धनु

कर्मबल बढ्ने छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । विशेष योजनाहरू बन्नेछन् भने कामको तारिफ धेरैले गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष र उत्साह बढ्नेछ । सामान्य अस्वस्थताले कार्यमा ढिलासुस्ती हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर

मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । तर, आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्ने योग छ । इर्ष्या गर्नेहरू सक्रिय रहन सक्छन् र, केही विवादमा समेत परिने योग छ, सजग रहनु हितकर होला । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

दौडधुप बढ्ने छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने र नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने समय छ । ठूलै प्रयत्न गर्दा सामान्यमा फाइदा होला । आजको आर्जन सञ्चय नहुन पनि सक्छ । विवाद या प्रतिष्पर्धामा भने विजयी भइनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजन एवम् शुभचिन्तकको सहयोगले हिम्मत दिलाउला । आफ्नो अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास पनि गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट