आज भाइटीकाको दिनमा तपाईंको राशी कस्तो, राशिफलमा के छ ?-Sutra News

आज भाइटीकाको दिनमा तपाईंको राशी कस्तो, राशिफलमा के छ ?

आइतबार, १८ कार्तिक २०८१

आइतबार, १८ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक १८ गते आइतबार । सन् २०२४ नोभेम्बर ३ तारिख । नेपाल सम्बत ११४५ कार्तिक शुक्ल द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन मन नलागेको कामको बाध्यताले आलमलमा पार्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावना छ । अस्वस्थताले काममा बाधा पुऱ्याउने योग रहेकोले विशेष सावधानीका साथ कदम बढाउनुहोला । कृषिसम्बन्धी काममा चाप बढ्ला । तथापि, तपाईंको मेहनत खेर जाने छैन, धन आर्जन हुने समय छ । मित्रजनको साथ र मिष्ठान्न भोजनको अवसर जुर्ला ।

बृष

काममा केही चुनौती देखिए पनि मेहनतले लाभ नै दिलाउला । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदाकै योग छ । आयआर्जनका स्रोत बढ्ने समय छ । वादविवादको सामना गर्नुपर्ने देखिन्छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले विशेष सचेतनाका साथ व्यवहार गर्नु हितकर होला ।

मिथुन

समय शुभदायी छ । शत्रु र रोगबाट छुटकारा मिल्न सक्छ । मुद्दा मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ, तर नियमित व्यवसायिक कर्ममा आवश्यक सतर्कता नपुग्नाले काममा व्यवधान पैदा हुन सक्छ, सावधान रहनु होला । नवीन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ने दिन छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ ।

कर्कट

नयाँ कामको प्रस्ताव आउनसक्ने र सहयोगीहरू प्रशस्तै भेटिने समय छ । कामबाट सजिलै फुर्सद पाइनेछ भने प्रसन्नता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । टाढिएका सन्तानलाई अभिभावकको सम्झनाले सताउन सक्छ । धनार्जनको योग छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा लाभ पुग्नेछ ।

सिंह

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय भए पनि नयाँ योजना कार्यान्वयनमा केही चुनौती खडा हुन सक्छ । आफू केही कमजोर भएको अनुभूति होला । तथापि, व्यवसायमा लगानी बढाउन सकिनेछ भने व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको सेवामा समय दिन नसकिएला ।

कन्या

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ । महत्वपूर्ण कार्यमा भने अस्वस्थताले ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । केही खर्चको योग छ । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नु उचित होला । मनोरञ्जनमा अलमलिनाले लक्ष्यप्राप्तिमा बाधा पुग्न सक्छ, सचेत रहनुहोला ।

तुला

आजको दिन सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । कर्मको उचित प्रतिफल पाइने तथा विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्ने योग छ ।

बृश्चिक

विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । घरपरिवारबाट सुखशान्ति मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । समग्रमा दिन राम्रै रहला ।

धनु

आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ, जसले नियमित कार्यमा प्रभाव पार्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । ज्यादा प्रयत्नका बाबजुद उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । नसोचेको ठाउँमा पैसा खर्च होला । व्यर्थको खर्चले मन पिरोल्न सक्छ ।

मकर

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । रसरागको भाव वृद्धि हुनेछ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धाको सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, आफ्नै प्रयत्नले काम बन्ने योग छ ।

कुम्भ

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु अघि बढाउनु हितकर हुनेछ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । सोखले खर्च बढाउन सक्छ । यात्रागत कार्यमा विशेष लाभ होला ।

मीन

काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले मन उत्साहित रहला । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । धन संग्रहको योग छ । मानसम्मान पाउनुका साथै आम्दानी बढ्ला । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सचेत भइ व्यवहार गर्नु उचित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट