आज मिति २०८१ कार्तिक १९ गते सोमबार । सन् २०२४ नोभेम्बर ४ तारिख । नेपाल सम्बत ११४५ कछलाथ्व तृतीया, कार्तिक शुक्ल तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः
मेष
रोकिएका काम बनी नयाँ काम सुरु हुने दिन छ । व्यापारमा फाइदा होला । सामाजिक प्रतिष्ठा पाइनेछ भने शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । उच्च महत्वाकांक्षामा समयले साथ दिनाले सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने देखिन्छ । सन्तान पक्षबाट सुख बढ्ने छ ।
बृष
भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छने समय छ, सावधान रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने छ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्ने योग छ । प्रेमभावका साथै साहस वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन
आम्दानी बढ्नाले उत्साह थपिने समय छ, तर आजको दिन आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ, सचेत रही कार्य गर्नु होला । काममा आफन्तको सहयोग जुट्नेछ । स्वास्थ्य चाहिँ केही कमजोर भएको अनुभूति हुनेछ । मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले सावधानीको जरुरत छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, ध्यान राख्नुहोला । बौद्धिकता र रचनात्मकताको पक्ष सवल छ ।
कर्कट
आजको दिन सुखद समाचारले काममा उत्साह जगाउने देखिन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिएला । आत्मीयजनसँग भेटघाट हुने योग छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । ब्यस्तता बढ्नेछ । रसराग, खेलकुद र भ्रमणमा आकर्षण रहला ।
सिंह
पराक्रम र आरोग्यता बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापार–व्यवसायमा राम्रै फाइदा होला । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त हुनेछ । भूमि वा कृषिकार्यबाट पनि राम्रै फाइदा मिल्नेछ । मित्रजन एवम् बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगी मित्रको माध्यमबाट बढी लाभ हुने योग छ । कलात्मक काममा ज्यादा सफलता मिल्ने दिन छ ।
कन्या
आजको दिन केही चुनौतीयुक्त हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । विशेष काममा ढिलासुस्ती हुने तथा अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । अभिभावकको स्वास्थ्यस्थितिप्रति पनि चिन्ता बढ्न सक्छ । आजको दिन चोरी वा ठगीमा पर्नबाट जोगिने विशेष प्रयत्न गर्नु होला ।
तुला
लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल मिल्ने समय छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग रहेकोले विशेष ख्याल राख्नु उचित हुनेछ । दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आरोग्यबलका सार्थ वर्चश्व बढ्नेछ ।
बृश्चिक
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ भने आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । परिवारजनमा भने सामान्य असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्ने योग छ । बौद्धिक क्षमता सबल रहला ।
धनु
समय शुभदायी छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ भने सन्तानले पनि प्रसन्नता दिलाउनेछन् । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आयबल बढ्ने छ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।
मकर
कर्मबल बढ्ने छ । आजको दिन घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । तर प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या पनि आउन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ ।
कुम्भ
भाग्यबल बढ्ने छ । पारिवारिक सम्बन्धमा केही चिसोपन आएपनि आर्थिक समस्या समाधान हुने समय छ । आफन्तबाट टाढिनुपर्ला । घरखर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने देखिन्छ । कमी कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् ।
मीन
दौडधुप केही बढेपनि मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । पराक्रम बढ्नेछ भने राम्रैसँग धनलाभ पनि हुन सक्छ । स्वास्थ्य सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिने योग छ । आफन्तजनको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला ।