कार्तिककाे फिल्म ‘भुल भुलैया ३’ तीन दिनमै १०० करोड क्लबमा प्रवेश-Sutra News

कार्तिककाे फिल्म ‘भुल भुलैया ३’ तीन दिनमै १०० करोड क्लबमा प्रवेश

सोमबार, १९ कार्तिक २०८१

सोमबार, १९ कार्तिक २०८१

काठमाडाैं । कार्तिक आर्यन र तृप्ति डिम्री अभिनित फिल्म ‘भूल भुलैया ३’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । ‘भुल भुलैया ३’ कार्तिक आर्यनको करियरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ साबित भएको छ ।



फिल्मले पहिलो दिन ३५.०५ करोडको कलेक्सन गरेको थियो । चलचित्रले दोस्रो दिन र तेस्रो दिन पनि बक्स अफिसमा आफ्नो गति कायम राखेको छ ।

दोस्रो दिन भुल भुलैया ३ को कलेक्शनमा थप उछाल आएको छ । फिल्मले दोस्रो दिन ३६.०५ करोड कमाएको छ । योसँगै दोस्रो दिनपछि फिल्मको कमाई ७२ करोड पुगेको छ ।

सकनिल्कको रिपोर्ट अनुसार भुल भुलैया ३ ले तेस्रो दिन पनि आफ्नो गतिलाई निरन्तरता दिएको छ ।

सकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्टअनुसार, फिल्मले तेस्रो दिन बक्स अफिसमा 33.5 करोड कमाएको छ। तेस्रो दिनको प्रारम्भिक कमाईसँगै फिल्मले सय करोडको आँकडा पार गरेको छ । भुल भुलैया फ्रेन्चाइजको यो तेस्रो फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।

भुल भुलैया ३ बाट विद्या बालन कमब्याक गरेकी छिन् भने माधुरी दीक्षितले मञ्जुलिकाको रुपमा नयाँ प्रवेश गरेकी छिन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट