काठमाडाैं । उत्तराखण्डको अल्मोडामा एउटा ठूलो सडक दुर्घटना भएको छ । मर्चुला नजिक भएकाे दुर्घटनामा १५ जनाको मृत्यु भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दुर्घटनामा कैयौं मानिस घाइते भएका छन् । जनाइएअनुसार गम्भीर घाइते धेरै नै भएकाे कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ ।
घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको सञ्चार माध्यमले जनाएकाे छ ।
जानकारी अनुसार नैनी डाँडाबाट रामनगर जाँदै गरेको बस साेमबार बिहान खाल्डोमा खसेको थियाे ।
बताइएअनुसार बसमा ३५ भन्दा बढी यात्रु सवार थिए । दुर्घटनापछि केही यात्रु आफैं बसबाट बाहिर निस्केका थिए ।
घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । घाइतेलाई अस्पताल पुर्याउने काम भइरहेको जनाइएकाे छ ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।