काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विभागले जनाएअनुसार उपत्यकासहित देशका थुप्रै भूभागमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
विभागका अनुसार केही भागमा भने मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
विभागले मंगलबार र बुधबार पनि सामान्य वर्षा रहने जनाएको छ ।
वर्षासँगै उपत्यकामा चिसो बढेको छ । औसतमा २५ डिग्री सेल्सियसको तापक्रम रहने उपत्यकाभित्र वर्षासँगै २०भन्दा मुनिको हाराहारीमा तापक्रम कायम भएको छ ।
केही दिन वर्षा कायमै रहने सम्भावनाका बिच यसवर्ष कात्तिकमै चिसो धेरै बढ्ने अनुमान गर्न सकिन्छ ।