प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, के होला आजको कारोबार ?-Sutra News

प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, के होला आजको कारोबार ?

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) १.३५ अंकले बढेको छ । प्रिसेसनको बृद्धिसँगै नेप्से २६७८.९७ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा सूचक बढेपनि कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य भने घटेको छ । कारोबारमा आएका २६ कम्पनीमध्ये ९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो ।

विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको यो सेसनमा कारोबार रकम १९ लाख ४७ हजार रुपैयाँको भयो । ३ हजार २०८ कित्ता सेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।

तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक १४ मा नेप्से १४.४३ अंकले घट्दै २६७७.६२ को बिन्दुमा झरेको थियो । सँगै कारोबार रकम पनि केहीले घटेको थियो ।

तर, तिहारपछिको प्रिसेसनले नेप्सेमा बृद्धिको संकेत गरेको छ । यद्यपि, चाडपर्व नसकिएको कारण बिक्री चाप बढ्नेमा पनि सम्भावना उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट