तिहार हिरासतमै बिताएका रविलाई तेस्रो पटक म्याद थप्न लगियो अदालत-Sutra News

तिहार हिरासतमै बिताएका रविलाई तेस्रो पटक म्याद थप्न लगियो अदालत

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थप्न कास्की अदालत लगिएको छ। मंगलबार लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।



लामिछानेसँगै सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई पनि अदालत उपस्थित गराइएको छ।

रास्वपा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।

लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।

जोशी असोज ६ गते र पछाईं असोज १४ गते पक्राउ परेका थिए।

लामिछानेलाई अदालतमा उपस्थित गराइँदै गर्दा रास्वपाले आज पोखरामा प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट