काठमाडौं । तिहार पर्वपछिको पहिलो कारोबार दिन (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज प्रतितोला २८ सय रुपैयाँले सुनको मूल्य सस्तिएको हो ।
तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक १५ गते सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो । मंगलबार भने मूल्य घट्दै प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा स्थानीय बजारमा चाँदी प्रतितोला ६० रुपैयाँले सस्तिएको महासंघले जनाएको छ ।
मंगलबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २७३६.५३ रुपैयाँमा कारोबार भइरहेको छ ।
विशेषगरी अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएसँगै विश्वभर सुनको माग बढेको थियो । नयाँ राष्ट्रपतिले चाल्ने सम्भावित कदमलाई लिएर लगानीकर्ताहरुले सुनको लगानी गर्दा भाउ महँगिएको हो । जानकारका अनुसार सँगै मध्यपूर्वको तनाव पनि मूल्य बढ्नुको कारण बनेको छ ।