काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको उपस्थितिमा बसेको नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।
कीर्तिपुरमा यही १६ मंसिरमा उपचुनाव हुन गइरहेको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।
मेयरका लागि नेकपा एमालेले डा सुरेन्द्र मानन्धर र राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।