रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार-Sutra News

रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । यस क्रममा उनका समर्थकले प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको भन्दै आन्दोलन गरिरहेका छन् ।



लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराउने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । पोखराको वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेका थिए ।

प्रदर्शनकारीमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट