अमेरिकी राष्ट्रपतिले कति पाउँछन् पारिश्रमिक ?-Sutra News

अमेरिकी राष्ट्रपतिले कति पाउँछन् पारिश्रमिक ?

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडाैं । चाहे त्यो भारतीय मूलकी कमला ह्यारिस होस् वा डोनाल्ड ट्रम्प । यी दुईमध्ये को बन्ला अमेरिकाको राष्ट्रपति, यो तस्विर मंगलबार हुने निर्वाचनमा स्पष्ट हुनेछ ।



अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्ने भन्नेमा सबैको नजर छ । परम्पराअनुसार नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी २०, २०२५ मा चार वर्षे कार्यकालका लागि पदभार ग्रहण गर्नेछन् ।

तर, अमेरिकामा सुशासनको लगाम कसले लिने हो भन्नेमा देश र विदेशका जनता उत्सुक छन् ? किनभने अमेरिकी राष्ट्रपति आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलामा पनि निर्णायक हुन्छन्।

अमेरिकाका राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमध्ये एक मानिन्छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिले कति तलब सुविधा पाउँछन् भन्ने प्रश्न धेरैलाई लाग्नु स्वभाविक हो ?

अमेरिकी राष्ट्रपतिको तलब औसत देशवासीभन्दा ६ गुणा बढी छ । औसत अमेरिकीले वार्षिक ६३ हजार ७९५ डलर अथार्त ८५ लाख ८९ हजार रूपैयाँ कमाउँछन्।

अमेरिकी राष्ट्रपतिको तलब कति ?

हालका राष्ट्रपति जो बाइडेनले वार्षिक ४ लाख डलर अर्थात ५ कराेड ३८ लाख ५४ हजार रुपैयाँ तलब पाउँछन् । यसबाहेक राष्ट्रपतिले खर्चबापत थप ५० हजार डलर अर्थात ६७ लाख रुपैयाँ पाउँछन् ।

वाशिंगटन डीसीमा रहेको ह्वाइट हाउस संयुक्त राज्यका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो। यहाँ बस्नका लागि उनीहरुले आफ्नो खल्तीबाट केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्दा उनलाई एक लाख डलर अर्थात करिब १ कराेड ३४ लाख रुपैयाँ दिइन्छ। यो पैसा उनीहरुले आफ्नो सुविधा अनुसार घरको सजावटमा खर्च गर्न सक्छन् ।

राष्ट्रपतिले मनोरञ्जन, कर्मचारी र कुकका लागि पनि वार्षिक १९ हजार डलर अर्थात् करिब २५ लाख ५८ हजार रुपैयाँ पाउँछन् ।

लाभ र भत्ताहरू

अमेरिकी राष्ट्रपतिका सबै स्वास्थ्य सेवाहरू निःशुल्क छन्। अमेरिकी राष्ट्रपतिले यात्राका लागि लिमोजिन कार, मरीन हेलिकप्टर र एयर फोर्स वन नामको हवाईजहाज पाउँछन् ।

राष्ट्रपतिको फ्लीटमा समावेश लिमोजिन कारहरू आधुनिक सुरक्षा र सञ्चार प्रणालीले सुसज्जित छन्। राष्ट्रपतिको प्राथमिकता अनुसार लिमोजिन कारमा समय समयमा आवश्यक परिमार्जन हुँदै आएको छ । कारहरूलाई सुरक्षित बनाउन समय समयमा परिवर्तनहरू पनि गरिन्छ।

एयर फोर्स वनको विमानसँग करिब चार हजार वर्ग फिट ठाउँ छ। यसलाई ‘फ्लाइङ क्यासल’ र ‘फ्लाइङ ह्वाइट हाउस’ पनि भनिन्छ, किनभने यो एकदमै सुरक्षित छ।

राष्ट्रपतिलाई आफ्नो दैनिक काम गर्नका लागि आवश्यक सबै सुविधा छ । राष्ट्रपति बाहेक एयरफोर्स वानमा करिब १०० कर्मचारीको यात्राको व्यवस्था छ ।

संयुक्त राज्यका राष्ट्रपतिले एन्ड्रयूज एयर फोर्स बेसबाट आफ्नो अन्तर्राष्ट्रिय उडानहरू लिनेछन्। वाशिंगटनमा आफ्नो आधिकारिक निवासबाट एयरपोर्टसम्म, उनी मरिन वन हेलिकप्टरमा यात्रा गर्छन्। बिबिसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट