मानसिक राेगबाट ग्रसित छन् डोनाल्ड ट्रम्प !-Sutra News

मानसिक राेगबाट ग्रसित छन् डोनाल्ड ट्रम्प !

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया तिब्र गतिमा चलिरहेको छ । एकातर्फ डेमोक्र्याटिक पार्टीबाट भारतीय मूलकी उम्मेदवार कमला ह्यारिस छन् भने अर्कोतर्फ यसअघि नै राष्ट्रपति पद सम्हालेका डोनाल्ड ट्रम्प छन् ।



डोनाल्ड ट्रम्पको कुरा गर्दा, उनी राजनीतिमा आएदेखि नै निरन्तर चर्चा र विवादमा छन् । डोनाल्ड ट्रम्प आफ्नो राजनीति, व्यवसाय र अद्वितीय व्यक्तित्वका लागि अमेरिकामा मात्र नभई विश्वभर परिचित छन् ।

आज हामी तपाईलाई उनको जीवनसँग सम्बन्धित केही अनौठो कुराहरु बताउनेछौँ, जुन तपाईलाई थाहा नहुन सक्छ ।

डोनाल्ड ट्रम्प आफ्नो व्यक्तिगत जीवन, विवाह, परिवार र अपार सम्पत्तिका कारण सधैं चर्चामा रहन्छन् । तर, तपाईलाई नहाेला, अमेरिकाका सबैभन्दा धनी व्यक्ति मध्येका एक ट्रम्प मानसिक समस्यामा जुधिरहेका छन् ।

‘हो, मलाई मानसिक समस्या छ!’

डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको चुनाव लड्दा सन् १९९३ मा उनको एउटा अन्तर्वार्ता निकै चर्चित भएको थियो । द हावर्ड स्टर्न शोमा, होस्ट स्टर्नले उनलाई सोधेका थिए, के तपाइँ स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्छ ।

यसमा ट्रम्पले स्वीकार गरेका थिए । उनले जरुरतभन्दा पनि बढी हात धोइरहने आफ्नो समस्या रहेको बताएका थिए । जसलाई उनले मानसिक समस्याको रुपमा चित्रित गरेका थिए ।

यद्दपि, जसबारे कुनै चिकित्सकसँग उपचार नगरेकाे बताएका थिए ।

‘मेरो जीवनमा कहिल्यै रक्सी पिइन’

डोनाल्डको रंगीन जीवन र ग्लैमर संसारसँगको उनको सम्बन्धको बारेमा सबैलाई थाहा छ। यसका बाबजुद पनि ट्रम्पले जीवनमा कहिल्यै रक्सी नपिउनुको पछाडि एउटा भावनात्मक कथा रहेको छ ।

वास्तवमा ट्रम्पका जेठा भाइ फ्रेड ट्रम्प एफको ४३ वर्षको उमेरमा मदिरा सेवनका कारण मृत्यु भएको थियो । यो घटनाले उनको दिमागमा गहिरो प्रभाव पारेको थियो र उनले रक्सीलाई कहिल्यै छुएनन् ।

यसबाहेक, यो पनि तथ्य छ कि ट्रम्प बाल्यकालमा धेरै शरारती थिए, जसका कारण उनलाई १२ वर्षको उमेरमा सैनिक स्कूल पठाइएको थियो। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट