काठमाडौं । अमेरिकामा मंगलबार आम निर्वाचन हुँदैछ । यस्तो अवस्थामा डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसको भाग्य मात्र होइन, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विश्वकै धनी व्यक्तिको भविष्य पनि तय हुन लागेको छ ।
डोनल्ड ट्रम्पले प्रष्ट भाषामा भनेका छन्, अब युक्रेन युद्ध रोकिनुपर्छ । उनी राष्ट्रपति भएमा तत्कालै उनले युक्रेनलाई सहयोग नगर्ने निर्णय गर्न सक्छन् । जसले जेलेन्स्कीको राजनीति सकिने अवस्था आउन सक्छ ।
ट्रम्पलाई रुसी राष्ट्रपति भ्यादिमिर पुटिन निकट पनि मानिन्छ । यदि ट्रम्पले चुनाव जितेको अवस्थामा पुटिनले युक्रेनबाट राहत पाउने सम्भावना छ ।
यता, एलोन मस्क पनि अहिले कानुनी समस्यामा जेलिएका छन् । यदि ट्रम्पले जितेमा उनलाई राहत हुनसक्छ ।
युद्ध क्षेत्रमा स्टारलिंक प्रयोग गरेकोमा एलोन मस्कको आलोचना भइरहेको छ। वर्तमान प्रशासनले एलोन मस्कको व्यवसाय र निर्णयहरूमा कडा अडान लिन सक्छ।
कमला ह्यारिसले पनि यसलाई नजिकबाट हेरिरहेकी छिन्, जुन एलोन मस्कका लागि खतराको क्षण हुन सक्छ।
पूर्व राष्ट्रपति बिडेन र उपराष्ट्रपति कमला ह्यारिसको प्रशासनले एलोन मस्कको व्यापार चाल र निर्णयहरूको गहन छानबिन, डोनाल्ड ट्रम्पको पराजयले एलोन मस्कको व्यापार भविष्यमा अस्थिरता बढाउन सक्छ र स्टारलिंकको प्रयोगमा सरकारी हस्तक्षेप बढाउन सक्छ।
ट्रम्पले सार्वजनिकरुपमा भनेअनुसार उनी सत्तामा आएसँगै विश्व राजनीतिको पनि समीकरण बदलिन सक्छ । अमेरिका–रुस विवाद अन्त्य हुनसक्छ । साथै, बिडेनको समयमा भइरहेको धुव्रिकरण पनि रोकिन सक्छ । एजेन्सीको सहयोगमा