काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ परेसँगै सुरु भएको आन्दोलन पोखरामा जारी छ । आज भएको प्रदर्शनका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनमा प्रहरीले महिला प्रदर्शनकारीलाई पक्राउ गरेको हो । उनको नाम गोप्य राखिएको छ ।
लामिछानेलाई म्याद थपका लागि उपस्थित गराइएसँगै पार्टीका नेता कार्यकर्ता र समर्थकले पोखरामा प्रदर्शन गरिरहेका छन् ।