पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलनमा, विद्यालय बन्द-Sutra News

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलनमा, विद्यालय बन्द

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीको भविष्यमा असर पग्नुका साथै शिक्षक आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।



द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्यालासमेत दिन नसकेकाले विद्यालयले प्राथमिक तथा माध्यमिक शिक्षा फाउण्डेसनअन्तर्गत काम गरिरहेका छन् ।

विद्यालय शिक्षकको तलबका लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउँदै फाउण्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताए ।

एक जना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफूसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तबाट ऋण लिइरहेका बताए ।

शिक्षकहरुले तलब नपाएपछि धेरै विद्यालय बन्द भएका छन् । अझै सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालय बन्द हुने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट