रविमाथि १० दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति-Sutra News

रविमाथि १० दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ । सहकारीको बचत हिनामिना गरेको अरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि तेस्रो पटक १० दिन म्याद थप भएको छ ।



जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलले रविमाथि एकैपटक १० दिन म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट